प्रधानसम्पादक पाठक पुरस्कृत
बाग्लुङ | पुस २, २०७९
बागलुङः राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । महासङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानसम्पादक पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो ।
प्रधानसम्पादक पाठकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले एक समारोहबीच प्रदान गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

यसैगरी रासस समाचारदाता रामबहादुर थापा, पत्रकार सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । पत्रकार भाषा शर्मा र गणेश पौडेललाई ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गर्नुभएको हो ।
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ। आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...
काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

